विप्लवले भन्नुभयो–‘केपी ओली राष्ट्रवादी नेता’

काठमाडौँ । विप्लव माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले नेकपा एमाले र त्यस दलका पार्टी अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गर्नुभएको छ । उहाँले एमालेले बोकेको राष्ट्रियताको मुद्दामा आफु सकारात्मक रहेको भन्दै त्यस्तो प्रशंसा गर्नुभएको हो । एमालेको भ्रातृ संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामासँग आफ्नै निवासमा कुराकानी गर्दै यस्तो प्रशंसा गर्नुभएको हो । उहाँले भेटमा यही फागुन १४ मा हुने स्ववियु निर्वाचनका बारेमा कुराकानी गर्नुभएको थियो । कुराकानीका क्रममा उहाँले स्ववियु निर्वाचनका बारेमा पनि आफुहरु सकारात्मक रहेको उहाँले बताउनु भएको थियो । चन्दसँग अनेरास्ववियुका पदाधिकारीले भेट गर्ने भने पनि उहाँले सुरक्षाको कारण देखाउँदै सबैसँग भेट गर्न नमानेपछि लामा मात्र जानु भएको थियो
कुराकानीका क्रममा चन्दले एमालेले पछिल्लो सयम एमालेले लिएरको राष्ट्रियताका अडान सबै देशभक्त नेपालीको अडान भएको बताएको लामाले मैत्री न्युज डटकमलाई जानकारी दिनुभयो । ‘हामीले उठाउने कतिपय मुद्धा पनि एमालेले उठाएको छ,’ चन्दका भनाइ उध्रित गर्दै लामाले भन्नुभयो, ‘कतिपय मुद्धा हामीसँग मिल्दा छन्, अहिले एमाले अध्यक्ष केपी कमरेडले लिएको अडानले राष्ट्रियतालाई बलियो बनाएको छ ।’
नेत्रविक्रम चन्द विप्लव निकटको अखिल क्रान्तिकारीले स्ववियु चुनावमा भाग नलिने बताइरहेका बेला चन्दले भने आफूहरु चुनावको पक्षमा रहेको बताउनु भएको थियो ।