समकालिन नेपाली अर्थतन्त्र सार्वजनिक

काठमाडौ। आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले लेखेको आर्थिक पुस्तक ‘समकालीन नेपाली अर्थतन्त्र’को आइतवार सार्वजनिक गरिएको छ ।
आर्थिक पत्रकारितामा लामो समयदेखि क्रियाशील रहँदै आएका बुढाथोकीको यो दोस्रो पुस्तक हो । पुस्तकको पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले)का नेता भरतमोहन अधिकारी, पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महत र अर्थविद् प्रा. डा. विश्वम्भर प्याकुरेल लगायतले संयुक्तरुपमा सार्वजनिक गरेका थिए।
आधुनिक नेपालको सङ्क्षिप्त इतिहाससहित समेटिएको सो पुस्तकमा समसामयिक नेपालको विकास अर्थतन्त्रका विभिन्न पाटा र पक्षकाबारेमा उल्लेख गरिएको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।