स्थानीय चुनाव घोषणामात्रै–चुनाव नहुने डा.भट्टराईको खुलासा

काठमाडौं । नयाँ शक्ति नेपालका नेता डा. बाबुराम भट्टराईले सरकारको चुनाव घोषणा स्वागतयोग्य भए पनि मधेसवादी दलहरुलाई नमनाएसम्म चुनाव हुन नसक्ने बताउनुभएको छ । परिवार दलका नेता एकनाथ ढकालबीच भेटवार्ताका क्रममा उहाँले सो कुरा खुलासा गर्नुभएको हो ।
आज भट्टराई निवासमा भएको भेटमा दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा दुबै नेताले सरकारले चुनाव घोषणा गरेकोमा स्वागत गर्दै तर, मधेसी मोर्चालाई विश्वास नलिएसम्म चुनाव हुनेमा भट्टराईले शंका व्यक्त गरेको नेता ढकालले जानकारी दिनुभयो । ।
ढकालले भन्नुभयो, ‘चुनावलाई स्वागत छ । तर, चुनाव हुन्छ भन्ने विश्वास गर्न सकिएको छैन । मधेसी मोर्चालाई विश्वासमा नलिई चुनाव हुनसक्दैन ।
उता चुनाव घोषणाको विरोध गर्दै आन्दोलन घोषणा गरेको मधेसी मोर्चाका केही नेताहरु नयाँदिल्ली पुगेका छन् । उनीहरुले दिल्लीको आदेश अनुसार आन्दोलन अगाडि बढाउने भएका छन् ।