विश्वकै लामो तैरिने बाटो

चीनले विश्वकै लामो तैरिने बाटो बनाएको छ । लाउडियन प्रान्तको होङसुई नदीमा पाँच किलोमिटर लामो यस्तो तैरिने बाटो बनाएर चीनले नयाँ विश्वकीर्तिमान बनाएको हो । यो बाटोमा करिब दुई लाखभन्दा बढी फाइबरलाई तैराइएको छ ।

पानीको सतहमा आउने परिवर्तन अनुसार बाटोको अवस्था पनि परिवर्तन हुन्छ । नयाँ वर्ष सन् २०१७ को आगमनसँगै सर्वसाधारणका लागि खुला गरिएको यो बाटोको पहिलो दिनमै एक लाख पर्यटकले अवलोकन गरेका थिए । त्यहाँ मनोरञ्जनका लागि कार्टूनरुपी हाँस समेतको व्यवस्था गरिएको छ । राति रङ्गीचङ्गी बत्तीको झिलिमिली झनै मनमोहक छ ।