नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ममता शर्मा मनोनित
काठमाडौँ, जेठ १२ । नेपाली कांग्रेसले बारा जिल्ला निवासी ममता शर्मालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकी शर्मालाई आज केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा भएको व्यवस्था बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको पार्टीले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गर्नुभएको विज्ञप्ति अनुसार, पार्टीको विधानले दिएको अधिकार प्रयोग गर्दै शर्मालाई सो पदमा मनोनयन गरिएको हो। शर्मा केही समयअघि मात्रै औपचारिक रूपमा नेपाली कांग्रेसमा आबद्ध हुनुभएको थियो ।