संसद् बैठक आज पनि चल्न सकेन, भोलि अपरान्ह ३ बजेसम्मका लागि स्थगित

काठमाडौँ । आज पनि संसद् बैठक बस्न सकेन । संविधान संशोधन प्रस्ताव प्रक्रियामा लैजाने विषयम सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै नबसी स्थगित भएको हो ।
आज दिउँसो २ बजे बस्ने भनिएको संसद बैठक भोलि अपराह्न३ बजेसम्मका लागि स्थगित गरिएको छ । मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । सो विधेयकलाई पेश गर्नै नदिने र पेश गरिए असफल पार्ने एमालेसहित विपक्षी नौ दलले चेतावनी दिएका छन्