एमाले महाधिवेशन: मतदान सुस्त, १० घण्टामा जम्मा १०७५ मत खस्यो

काठमाडौँ, २ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी मतदान प्रक्रिया निकै सुस्त गतिमा अघि बढेको छ। बुधबार बिहानदेखि सुरु भएको मतदानको १० घण्टा बितिसक्दा जम्मा १ हजार ७५ मत मात्र खसेको छ।

निर्वाचन सहजकर्ता समूहका अधिवक्ता प्रवल शर्माका अनुसार, अझै आधाभन्दा बढी प्रतिनिधिले मतदान गर्न बाँकी नै छ। अहिलेकै सुस्त अनुपातमा मतदान हुने हो भने प्रक्रिया सम्पन्न हुन कम्तीमा अर्को १० घण्टा लाग्ने देखिएको छ।

मतदान प्रक्रिया लम्बिएपछि निर्वाचन समितिले मतदान स्थलमा प्रवेश गर्ने समय थप गरेको छ। अब महाधिवेशन प्रतिनिधिहरूले राति १० बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्न पाउनेछन्। सहजताका लागि कुपन प्रणालीको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *