हिमालय एअरलाईन्स्को याङगुन उडान शुरु

काठमाडौ,फागुन १५ । नेपाल चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्स्ले सफलतापूर्वक याङगुन, म्यानमारमा सिधा हवाई सेवा शुरु गरेको छ । करीव तीन लाख नेपालीहरुलाई आफ्नो मातृभूमि सँग प्रत्यक्ष सम्बन्ध कायम गराई आपसी सम्बन्ध मजबुत तुल्याउने उदेश्यले म्यानमारको याङगुनमो उडान सुरु गरेको उसले जनाएको हो ।
हिमालय एअरलाईन्स्ले आफनो चौथो गन्तव्य याङगुन, म्यानमार समयतालिका अनुसार काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १०स्५५ ९स्थानीय समय० मा उडेर याङगुन अन्र्तराष्ट्रिय विमानस्थल, याङगुनमा १४स्१५ ९स्थानीय समय० माअवतरण गरेको थियो जसले यीदुई शहरहरु बीचमा पर्यटन, व्यापार र लगानीका अवसर प्रबद्र्घन हुने अपेक्षा गरिएको छ ।
हप्ताको दुई दिन सोमबार र शुक्रबार सञ्चालन हुने यो सेवा, हिमालय एअरलाईन्स्ले करिव दुई दशकभन्दा बढीको अवधिपछि पुनस्थापित गरेको छ । यहाँस्थित म्यानमारका राजदूतावासका राजदूत ल्वीन आँ, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालय एअरलाईन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ पनि म्यानमारको प्रथम उडानका यात्रुहरुसँगै सहभागी भएका थिए ।