लगानी सम्मेलनमा अढाई सय लगानीकर्ता सहभागी हुने

काठमाडौं, १६ फागुन । लगानी सम्मेलनमा अढाई सय लगानीकर्ता सहभागी हुने भएका छन् । फागुन १९ र २० गते हुने लगानी सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन लिक्वान प्रमुख वक्ताका रुपमा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने सम्मेलन उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा हुन लागेको हो । सम्मेलनबाट नेपाललाई लगानीको आकर्षक गन्तब्यको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।
सम्मेलनमा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तिय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका विभिन्न नौ वटा विषयगत सत्र हुनेछन् । लगानीका प्रमुख सम्भावना भएका क्षेत्रको सेक्टोरल प्रोफाइल प्रस्तुत गरिने कार्यक्रम रहेको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका,सिंगापुर, हङकङ, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, जापान, इटाली, अमेरिका, रुस, क्यानडा, बेलायत, फिनल्याण्ड लगायत दुई दर्जन मुलुकका अढाई सय व्यक्तिगत र संस्थागत लगानीकर्ता सहभागी हुनेछन्।तीन सय स्वदेशी लगानीकर्ता र विज्ञहरुको सहभागिता रहने बोर्डले जनायो ।
लगानीको संभावनालाई उजागर गरी नेपाललाई लगानीको आकर्चक गत व्यका रुपमा स्थावप गर्ने उद्देश्यका साथ नेपाल लगानी सम्मेलन आयोजना गर्न लागिएको हो ।