एशियालीपूर्वाधार लगानी बैंकका अध्यक्षसँग भेटवार्ता

काठमाडौं, २० फागुन । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमाभागलिन काठमाडौं आएका एशियाली पूर्वाधार लगानी बैंक अध्यक्ष जीन लि क्वुनले शुक्रवार नेपालउद्योग परिसंघका पदाधिकारी र प्रवुद्ध परिषदका सदस्यहरुसँग भेटवार्ता गरे । राजधानीस्थित सोल्टी होटलमा भएको भेटवार्ता नेपालको पूर्वाधार विकासमा बैंकको सहयोग परिचालनकाविषयमा केन्द्रितथियो । अध्यक्ष लि क्वुनलाई स्वागतगर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले सन् २०३० सम्म मध्यम आयभएको विकासोन्मुख देशको सूचीमा स्तरोन्नतीहुने नेपालको लक्ष्य भेट्न पूर्वाधारमा ठुलो लगानी आवश्यक रहेको बताउँदै त्यसकालागि सहयोग गर्न आग्रह गरे । ‘हामी बैंकलाई केही यस्ता आयोजनामा लगानीकालागि अनुरोध गर्छौं, जसबाट नेपालको आर्थिक परिदृष्य नै परिवर्तन सम्भव छ,’ शर्माले भने, ‘ति आयोजना निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व पश्चिमविद्युतीय रेलमार्ग र केहीअन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्र हुन् ।’

cni
देशको आर्थिक सामाजिक रुपान्तरण गर्ने खालका ठुला र रणनीतिक महत्वमापूर्वाधार आयोजना विकासकालागि नेतृत्वको दुरदृष्टि तथा प्रतिवद्धता र त्यसलाई कार्यान्वयनमा लैजान राजनीतिक स्थायित्व आवश्यकहुने लिक्वुनको भनाई थियो । ‘यस विषयमा अहिले नेपालमा विकसित वातावरणबाट म निकै प्रभावित भएको छु,’ उनले भने, ‘हिजो लगानी सम्मेलनमा सबै प्रमुखदलका नेताहरुको अभिब्यक्तिले नेतृत्वको प्रतिवद्धता पुष्टी भएको छ र छिट्टै हुनगइरहेका निर्वाचनले स्थायित्व समेत प्रदानगर्नेमा म विश्वस्त छु ।’ त्यसैले अव नेपालको पूर्वाधार विकासले गतिलिने र त्यसकालागिआवश्यकलगानीगर्न बैंक प्रतिवद्ध रहेको उनले बताए । निजी क्षेत्रबाट उचित आयोजना आएमा सरकारी प्रत्याभुती बिनापनिलगानीगर्न सकिने लिक्वुनको भनाई थियो ।

cni2
परिसंघका उपाध्यक्ष सतिशकुमार मोरले बैंकको लगानीकासाथै चिनियानिर्माण व्यवसायी र प्रविधि समेत नेपालको पूर्वाधार विकासमा उपयोगीहुने बताए । त्यसैगरी, परिसंघका अर्का उपाध्यक्ष विष्णु अग्रवालले हालै आयोजित नेपालपूर्वाधार शिखर सम्मेलनमा बैंकको उच्चस्तरीय सहभागिता गराउनप्रयास गरे पनि सम्भव हुननसकेको बताउँदै परिसंघमा स्थापित पूर्वाधार सेलले बैंकसँग सहकार्य गर्न चाहेको बताए । ‘त्यस्तो सहकार्यले पूर्वाधार विकासमानिजी क्षेत्रको सहभागिता बढाउन हौसलामिल्ने हाम्रो विश्वास छ,’ अग्रवालले भने ।
परिसंघको प्रवुद्ध परिषदका संयोजकडा. शम्भुराम सिम्खडाले नेपाल जस्ता अल्पविकसित देशको आर्थिक सामाजिक विकासकालागि अपरिहार्य पूर्वाधार विकासमा बैंकले प्राथमिकताका साथ लगानी विस्तार गर्ने रणनीति लिनु पर्ने बताए । भेटमा प्रवुद्ध परिषदका सदस्य डा. बिन्दुनाथ लोहनी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख डा. गोविन्द पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वणिम वाग्ले लगायतले नेपालमा पूर्वाधारको अवस्था, त्यसकालागि आवश्यक लगानी, पछिल्लो समय सहजबन्दै गएको लगानीको वातावरण र बहुपक्षीय लगानी बैंकले खेल्न सक्ने भुमिकाका विषयमा धारणा राख्दै आगामी समयमा नेपालका ठुला आयोजनाहरुमा लगानीभएको देख्न चाहेको बताएका थिए ।