बेलायतको संसद्व्दारा ईयूबाट बाहिरिने विधेयक पारित

 

लण्डन । ब्रिटेनको माथिल्लो सदन हाउस अफ लर्ड्सले त्यहाँको सरकारलाई युरोपेली संघ इयुु छाड्न आवश्यक आर्टिकल फिफ्टी भनिने कानूनी प्रक्रिया थाल्न अनुमति दिने ब्रेक्जिट बील पारित गरेको छ।
उक्त विधेयकले अब महारानीको लालमोहर प्राप्त गरेपछि मंगलबारदेखि कानूनको स्वरुप ग्रहण गर्नेछ।
ब्रिटिश सरकारले इयुका नागरिकहरुको आवासिय अधिकार सुनिश्चित गर्नुपर्ने र अन्तिम सम्झौतामाथि सांसदहरुलाई अर्थपूर्ण मतदान गर्न दिनुपर्ने भनी संसदको माथिल्लो सदन हाउस अफ लर्डसले यसअघि दिएको निर्णयबाट ऊ पछि हटेको छ।
सरकारले युरोपेली संघ छाड्ने औपचारिक प्रक्रिया यसै महिनाको अन्त्यबाट शुरु गर्ने योजना गरेको छ।
तर स्कटल्याण्ड सरकारले संयुक्त अधिराज्यबाट स्वतन्त्र हुनेरनहुनेबारे दोस्रो जनमतसंग्रह गर्ने योजनाको घोषणा गरेकाले यो प्रक्रिया जटिल बनेको छ।
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले सैद्धान्तिक रुपमा युरोपेली संघबाट ब्रिटेन बाहिरिने ुब्रेक्जिटुको प्रक्रिया सम्बन्धी धारा ५० को व्यवस्था मंगलबारबाटै शुरु गर्न आह्वान गर्न सक्नेछिन्।
यद्यपि प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बाहिरिने प्रक्रिया यो साता शुरु हुनेछैन।
र, प्रधानमन्त्रीले आफ्नो देश युरोपेली संघबाट बाहिरिन चाहेको आशयबारे पनि यो महिनाको अन्त्यमा मात्रै संघलाई औपचारिक जानकारी गराउने ठानिएको छ।

चैत १ गते ।