एक व्यक्तिले बनाए छुट्टै देश र आफै बने राष्ट्रपति

एक जना अमेरिकी नागरिकले आफ्ना लागि छुट्टै देश खडा गरेका छन् । ज्याक ल्यान्डसवर्ग नाम गरेका व्यक्तिले उटा नजिकै एक मरुभूमिमा आफ्नो छुट्टै देश बनाई आफैलाई राष्ट्रपति घोषित गरेका छन् । उनले देशको नाम रिपब्लिकन अफ जागिस्तान राखेका छन् भने पासपोर्टसमेत जारी गरेका छन् । देशको सुरक्षाका लागि रोबोट गार्डको व्यवस्था गरेका छन् । चार एकड क्षेत्रफलमा फैलिएको उक्त देशलाई कसैले मान्यता भने दिएका छैनन् । ल्यान्डसवर्गले १५ वर्ष अघि अनलाइनमा उक्त जमिन खरिद गरेका थिए ।
जागिस्तानको सीमा क्षेत्रमा प्रवेश गर्दा आगन्तुकको पासपार्टमो भिसा लगाउनुपर्छ । उनले आफ्नो देशको नाराचाहिँ समथिङ फ्रम नोथिङ भन्ने राखेका छन् ।