पहिलोपटक मिस लियो नेपाल प्रतियोगिता हुँदै

काठमाडौँ । नेपालमा पहिलो पटक मिस लियो नेपाल प्रतियोगिता हुँदै छ । भोलिदेखि यसको छनोट प्रतियोगिता काठमाडौँ र पोखरामा हुनेछ । लियो क्लव अफ काठमाडौँ डाउनटाउन र लियो क्लव अफ पोखरा पिस भ्यालीको आयोजनमा यो प्रतियोगिता हुन लागेको हो ।
छनोट प्रतियोगिता अन्तर्गत विराटनगरमा चैत १२ गते, धरानमा चैत १९ गते, चितवनमा चैत २३ गते र बुटबलमा बैशाख १ गते कार्यक्रम आयोजना हुने छन् । प्रतियोगितामा छनोट भएका सुन्दरीहरुबीच अन्तिम प्रतियोगिता गरी मिस लियो नेपाल छनोट गरिने जानकारी गराइएको छ ।
चैत ८ गते ।