महिलाहरुलाई मोटरड्राइभिङ तालिम

काठमाडौँ । महिलाहरुको आर्थिक क्षमता विकास गर्ने उद्देश्यले काठमाडौं ३ का सांसद रामेश्वर फुयालले महिलाहरुलाई मोटर ड्राइभिङ तालिम संचालन गरेका छन । उनिहरुलाई आत्मनिर्भर र क्षमतावान बनाउन मोटर ड्राइभिङ तालिम संचालन गरिएको हो । सांसद फुयालले महिलाहरुलाई मोटर ड्राइभिङ तालिम दिन यस आ.व. मा रु. दुई लाख विनियोजन गरेका हुन । उक्त रकमबाट बौद्ध महिला समुहले २५ जना महिलाहरुलाई १ महिनासम्म तालिम संचालन गरेकोमा शनिबार समापन तथा प्रमाणपत्रध वितरण कार्यक्रम समापन गरेको छ । फुयालले महिला ड्राइभरको संख्या बृद्धि गर्दै आय आर्जन बृद्धि गर्न यस अघि आ.व. ०७१÷०७२ र ०७२÷०७३ मा समेत सांसद फुयालको निर्वाचन क्षेत्र विकास कार्यक्रम महिलाहरुलाई मोटर ड्राइभिङ तालिम प्रदान गरेका थिए ।
सांसद फुयालले समापन कार्यक्रममा बोल्दै महिला र पुरुषबिच समानता कायम गरेरमात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा राख्नुभयो । उहाँले आफुसँग आर्थिक उत्पादन गर्ने क्षमता भए कसैको हेपाइ खेप्नु नपर्नेे बताउनु भयो । महिलाले आफुले कमाई गर्दा परिवार को मात्रै नभएर देशकै विकासमा टेवा पुग्नेमा उहाँले जोड दिनुभयो । सीपको विकास नै आर्थिक उपार्जनको कडी भएकाले आफुसँग भएको सीप व्यवहारमा उतार्न महिलाहरुलाई सुझाव दिनुभयो । “सीप भएमा भोको बस्नु पदैन” उहाले भन्नुभयो “लाइसेन्स निकालेका महिलाहरु आउनुस म रोजगारी खोजीदिन्छु ।” आफु जिल्ला विकास समिति काठमाडौंको उपसभापति हुँदा देखि नै लोकसेवा तयारी कक्षा र महिला मोटर ड्राइभिङ तालिम जस्ता कार्यक्रमको सुरुवात गरेको स्मरण गर्दै फुयालले “भनसुन नलाग्ने कर्माचारी प्रशासन र मनसुन कुर्नु नपर्ने कृषि प्रणाली” विकास गरिए छोटो समयमै देशको कायापलट गर्न सकिने र भ्रष्टाचार समेत कम हुने बताउनु भयो । त्यसका लागी जनतालाई सक्षम र चेतनशील बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले महिला र पुरुषबिचको असमानता हटाउन महिलाको आर्थिक क्षमता सुदृढ पार्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । सांसद पेम्बा लामाले महिलाहरु आर्थिक सामाजिक सबै क्षेत्रमा अगाडी आउनु पर्ने बताउनु भयो । संविधानमा महिलाका पक्षमा पर्याप्त व्यवस्था हुदा हुदै पनी पुरुष प्रधान समाज र महिलालाई हर्ने संकुसोचका कारण महिलाको समग्र विकास आझेलमा परेकोमा उहाँको जोड थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै समुहका अध्यक्ष लक्ष्मी श्रेष्ठले महिलाहरुलाई क्षमतावान बनाउन समुहले नियमित रुपमा तालिम संचालन गदै आएको बताउनुभयो । संस्थाले यसलाई अभियानका रुपमा सञ्चालन गरेकोले कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले तालिम पछि यसलाई दिगो बनाउन प्रशिक्षर्थीहरुलाई लाइसेन्स प्राप्त बनाउन सहयोग गर्ने र आफ्नै साधन किनेर स्वरोजगार बनाउने योजना रहेको सुनाउनाुभयो । यसमा सहयोग गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो । कार्यक्रममा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई, पत्रकार नवराज चालिसे लगायतले मन्तव्य राख्नुभएको थियो । महिलाहरुको क्षमता विकास लगायतको गतिविधिमा सक्रिय सहभागी भएर सहयोग पु¥याएकोमा सांसद रामेश्वर फुयाललाई सम्मान समेत गरिएको छ । त्यसैगरी सामाजिक अभियान्ता मोहन गौतम, शैलेश श्रेष्ठलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा महिलाहरुले ट्याक्सी चलाएर आफुले सिकेको तालिम प्रदर्शन समेत गरेका थिए ।

चैत १३ गते ।