तीनवटा पार्टीबीच एकीकरण : एकतापछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम

काठमाडौँ । तीन वटा पार्टीबीच आज एकीकरण भएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीबीच एकीकरण भएको हो । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ । संसदमा फोरम लोकतान्त्रिकको १४, जनमुक्ति पार्टीको २ र दलित जनजाती पार्टीको एक सदस्य छन । पछिल्लो समय निर्वाचनमा थ्रेस होल्डको व्यवस्था गरेपछि साना दलहरु एकीकरणतिर लागेका छन् ।
चैत २३ गते