अब देशैभर लोडसेडिङ हुँदैन —कुलमान घिसिङ,कार्यकारी निर्देशक,नेपाल विद्युत प्राधिकरण

दैनिक घण्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले अवदेखि त्यो समस्या झेल्न नपर्ने भएको छ । विहान र वेलुकको पिक आवरमा समेत विद्युत कटौटी गर्न छाडेको नेपाल विद्युत प्राधिरकणले आगामि बैशाख देखि पूर्णरुपमा मुलुकवाट लोडसेडिङ हटाउने घोषणा गरेसँगै लोडसेडिङका कारण बर्षौंदेखि सास्ती व्यहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको हो । यसै सन्दर्भम नेपाल विद्युत प्राधिकरणका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरिएको कुराकानीको संक्षेप :
अव मुलुकवाट लोडसेडिङ अन्त्य हुने भएको हो ?
पछिल्लो समयमा घरायसी प्रयोजनमा विद्युत कटौटी हुन छाडिसकेको छ । आगामी वैशाख देखि उद्योग क्षेत्रमा समेत २४ घण्टा बिजुली दिने तयारी छ । यो सँगै अव सदाकालागि मुलुकवाट लोडसेडिङ अन्त्य हुनेछ । हाल औद्योगिक क्षेत्रमा दैनिक ४ घण्टा विद्युत कटौती हुँदै आएको छ । यो अव केही दिन मात्र हो । यसअघि काठमाडौं, पोखरा र चितवनलाई लोडसेडिङ मुक्त घोषणा गरेको प्राधिकरणले देशका अन्य भागमा भने केही घन्टा विद्युत कटौती गर्दै आएको थियो । अब पिक आवरमा देशभर नै लोडसेडिङ नहुने पक्का भएको छ । प्राधिकरणले विहान ५ देखि ८ बजे र साँझ ५ देखि साढे ८ बजेस्म्मलाई पिक आवर मानेको छ । लोडसेडिङ हटाउने अभियानमा मौसमका कारण पनि केही सहज भएको छ । पुष, माघ, फागुन र चैतको सुख्या याम समेत सहज ढंगल पार भएको छ । प्राधिकरणले तिहार यता राजधानीमा लोडसेडिङ अन्त्य गरेको थियो । १० कक्षाको बोर्ड परिक्षाको अवसर पारेर देशभरबाट लोडसेडिङ हटाउने परीक्षण सफल भएपछि बिद्युत कटौतीको समस्या नदोहोरिने निश्कर्षमा प्राधिकरण पुगेको हो ।
हिउँदमा के हुन्छ ?
प्राधिकरणले बर्षा याम मात्र नभई आगामी हिउँदमा समेत लोडसेडिङ हुन नदिने योजना तयार गरि सकेको छ । यसर्थ अव जनताले पुनः लोडसेडिङको सास्ती झेल्न पर्ने छैन । वरु मलुकवाट विजुली विक्री गर्ने अवस्था आउन लागेको छ । अवत विद्युत उत्पादन भन्दापनि त्यसको बजार व्यवस्थापनको चिन्ता बढ्न थालेको छ । तामाकोशीवाट विद्युत उत्पादन शुरु भएपछि बर्षको छ महिना त नेपालले विजुली वेच्न सक्ने अवस्था समेत आइसकेको छ ।
भारतवाट थप विद्युत आयातको क्रम कहाँ पुग्यो ?
भारतवाट थप विद्युत आयातका लागि रक्सौल–परवानीपुर र कटैया–कुशाहा प्रशारण लाइन तयार भईसकेको छ । यी दुई पोइन्टबाट १०० मेगावाट हाराहारी बिजुली ल्याउन सकिने अवस्थाा छ । ढल्केबर सबस्टेसन समेत केही महिनामा निर्माण पुरा हुने र त्यसपछि २२० केभिएमा चार्ज हुने छ । यसवाहेक स्वदेशी आयोजनाबाट समेत २०० मेगावाट हाराहारी बिजुली थप हुन्छ । निजी क्षेत्रबाट निर्माणाधिन आयोजनाबाट सो परिमाणको बिजुली थपिन लागेको हो । त्यसमध्ये थप ३० मेगावाट बढी बिजुली चालु आर्थिक बर्षमानै राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । विद्युत आयात पोइन्टहरु फ्लेक्जिवल भएको अवस्था छ । अब लोडसेडिङ चिन्ताको विषय रहेको प्रष्ट छैन । यसपाली समेत अहिलेसम्मको अवस्थामा प्राधिकरण सोचेभन्दा बढी सफल भएको छ ।
अव प्राधिकरणको ध्यान केमा केन्द्रित हुन्छ ?
देशभर ‘पिक आवर’को लोडसेडिङ हटेको हुनाले अव प्राधिकरणको ध्यान निर्माणाधिन आयोजना सम्पन्नगर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा प्राधिकरणको ध्यान जानेछ । अहिलेका काठमाडौंका ट्रान्सर्फमर ४०० मेगावाट क्षमताका छन् । यसलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना प्राधिकरणको छ ।