मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि
काठमाडौं, १९ जेठ । सोमबार घटेको नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले बढेको छ। मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा बन्द भएको छ। मंगलबार ५ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको छ। सोमबार ५ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम घटेको छ । सोमबार ३४६ वटा धितोपत्रको एक करोड १३ लाख ८३ हजार ४३१ कित्ता सेयर किनबेच भएको थियो भने मंगलबार १८१ कम्पनीको सेयर मूल्य बढेको छ ८० वटाको कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनी स्थिर छन्।