नेपाल एयरलाइन्सका क्याप्टेन अबाले ९३ हजार डलरसहित पक्राउ

काठमाडौँ । नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।
गए राति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पुष्टि गरे । महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी नवराज कार्कीका अनुसार अवालेलाई राति साढे २ बजे गौशाला प्रहरीमा ल्याइएको थियो । बिहान पुन उनलाई प्रहरीले थप अनुसन्धानका लागि एयरपोर्ट नै लगेको छ । अवालेको ठाउँमा नेपाल एयरलाइन्सले महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाएको छ ।
चैत २८ गते ।