सरकारले लियो संसदबाट संविधान संशोधन विधेयक फिर्ता

 

काठमाडौँ । सरकारले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विधेयक फिर्ता लिएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा कानुनमन्त्री अजयशंकर नायकले विधेयक फिर्ताको प्रस्ताव गर्नुभएको थियो, जसलाई बहुमतले स्वीकृत गरेको छ । प्रमुख विपक्षी एमाले भने मौन बसेको थियो ।
सीमांकनमा प्रमुख विपक्षी दल एमालेको आपत्ति रहेको भन्दै कानुनमन्त्री नायकले संशोधन फिर्ताको प्रस्ताव गर्नुभयो । उहाँले अब मुलुकलाई निकास दिन एमाले पनि अगाडि आउनुपर्ने र मधेसी मोर्चा पनि लचिलो हुनुपर्ने बताउनुभयो ।
चैत २९ गते ।