१ करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नाम सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली आयोगले वेब साइटमार्फत सार्वजनिक गरेको हो ।
यसअघि आयोगको वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । अहिले स्थानीय तह चुनावमा भोट हाल्न पाउनेहरुको नामावली आयोगले वेवसाइटमा राखेको हो ।
वैशाख ४ गते ।