अमेरिकाले सैनिक कारबाही सुरु गरे परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

उत्तर कोरिया । अमेरिकाले कुनै सैनिक कारबाही गरे त्यसै दिनबाट पूर्ण रुपमा युद्धमा होमिने चेतावनी उत्तर कोरियाले दिएको छ ।
उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङले अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने वित्तिकै परमाणु हमला गर्ने चेतावनी दिनुभयो।
हानले प्योङयाङले साप्ताहिक, मासिक र वार्षिक रुपमा थप क्षेप्यास्त्रहरु परीक्षण गर्ने पनि जनाउनुभयो।
यसअघि अमेरिकी उपरराष्ट्रपति माइक पेन्सले आफ्नो परामाणु कार्यक्रमलाई निरन्तरता दिएर अमेरिकी धैर्यको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिनुभएको थियो।
उत्तर कोरिया र अमेरिका दुवै तर्फबाट कडा चेतावनी सहितका वक्तव्य आउन थालेपछि कोरियाली प्रायद्विपमा तनाव चुलिंदै गएको छ।

अन्तराष्ट्रिय आलोचना तथा राष्ट्रसंघको प्रतिबन्धकाबीच हालैका वर्षहरुमा उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ।
उसले अमेरिका सहित विश्वका अन्य निशानामा पुग्ने खालको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमा परमाणु वारहेड जडान गर्ने लक्ष्य लिएको छ।
बैशाख ५ गते ।