राष्ट्रपति भण्डारीलाई मुखर्जी र मोदीव्दारा राष्ट्रपति भवनमा स्वागत

 

काठमाडौँ । भारत भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज विहान भारतीय राष्ट्रपतिले राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्नुभएको हो। राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो । भण्डारीको स्वागतमा सलामी अर्पण गरिएको छ । राजकीय भ्रमणका क्रममा उहाँ राष्ट्रपति प्रणव मुखर्जीको अतिथिका रुपमा राष्ट्रपति भवनमा रहनु हुनेछ ।

राष्ट्रपति भण्डारी विहान राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गर्नुभयो ।राष्ट्रपति भण्डारी दिनभर राजनीतिक भेटवार्तामा व्यस्त रहनुभएको छ ।

वैशाख ५ गते ।