मुलुक एमालेमय बन्दै, एकै दिन ६ हजार बढी एमाले प्रवेश
काठमाडौँ । मेची–महाकाली राष्ट्रिय अभियानसँगै चलेको नेकपा (एमाले)ले प्रतिको जनलहर अहिले पनि रोकिएको छैन । पछिल्लो समय केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेपछि एमालेले राष्ट्रियताका पक्षमा बलियो अडान लिएको पुष्टि हुँदै गएपछि एमाले प्रवेश गर्नेको लहर चल्दै आएको हो । अझ ओलीले प्रधानमन्त्री भएका बेला भारतीय हस्तक्षेपको खुलेर मुक्काविला गरेपछि त एमालेमा एक प्रकारको लहर नै चलेको छ । एमाले छाडेर गएकाहरु पनि अहिले एकपछि अर्को गर्दै एमालेमा प्रवेश गर्न थालेका छन् । मंगलबार मात्रै पनि नयाँ शक्ति पार्टी परित्याग गरी निर्मल भट्टराई, मोहन बम, आदित्य झा ,एलपी सावन ,प्रकाश भट्टराई, नवीन साह ,राजकुमार धुजु लगायत ६ हजार १ सय २ जना एमाले प्रवेश गरेका छन् ।
प्रज्ञा भवन कमलादीमा आयोजित केन्द्रीय सम्पर्क भेलामा त्यतिको सङ्ख्यामा एमाले प्रवेश गरेका हुन् । त्यसैगरी उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यहरु गणेश घिमिरे र गणेश भट्ट पनि एमाले प्रवेश गरेका छन् ।
त्यसैगरी माओवादी केन्द्रका पनि दर्जनौ एमाले प्रवेश गरेका छन् । विभिन्न पार्टी पत्यिाग गरी एमाले प्रवेशको लहर निरन्तर चलिरहेको छ।