‘हामी एक भएर विद्यासुन्दरलाई जिताउन लागिसक्यौँ’ स्थापित र श्रेष्ठले
२१ वैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा अघि सारिनु भएका विद्यासुन्दर शाक्या सर्वाधिक सक्षम र योग्य उम्मेदवार भएको बताउनुभएको छ । काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘एमालेमा सबै योग्य, सक्षम र इमान्दार उम्मेदवार थिए,’ उहाँले भन्नुयो, ‘एमालेले ती सबै मध्येबाट विद्यासुन्दरलाई छानेको छ । अब उहाँ जत्तिको योग्य, सक्षम र इमान्दार उम्मेदवार अहिलेका मेयरका उम्मेदवारमा कोही पनि छैनन् ।’ एमालेका तर्फबाट मेयरका रुपमा दाबी गर्नुभएको केशव स्थापित र जीवनराम श्रेष्ठले शाक्यलाई जीतका लागि शुभकामना मात्रै दिनुभएन, उहाँहरुले आफूहरु पनि शाक्यको प्रचार–प्रशारमा लागेको घोषणा गर्नुभयो । उहाँहरुले अध्यक्ष ओलीलाई अघि राखेर तीनै जना एक भएको सन्देश दिनुभयो ।ओलीले कार्यक्रममा बोल्दै आगामी वैशाख ३१ मा हुने स्थानीय निर्वाचनका लागि आफ्नो पार्टी मैदानमा खडा भएको भन्दै स्वर्ण पदक ल्याउनेमा कुनै शंका नभएको दाबी गर्नुभयो ‘हामीले खेलको मैदानमा प्रवेश गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘स्वर्ण पदक बाहेक एमालेले सोच्नै सक्दैन । जनताको जनमत र अभिमत पनि यही हो ।’
उहाँले काँग्रेस र माओवादी केन्द्रप्रति लक्षित गर्दै रजत र काँस्यका लागि गरेको प्रतिष्पर्धाले एमालेलाई खासै फरक नपर्ने दाबी गर्नुभयो । ‘नीति, विचार, सिद्धान्त, आचरण सबै कुरामा एमालेसँग प्रतिष्पर्धा गर्ने कुनै पनि शक्ति छैन,’ उहाँले भन्नुभयो, ‘जालझेलको मैदानमा उनीहरुसँग ९काँग्रेस–माओवादी० एकलौटी छ । त्यसले केही समस्या भएको छ ।’ उनीहरुको जालझेलको राजनीति स्थायी नभएको भन्दै उनले यसलाई परास्त गरेर छाड्ने पनि दाबी गर्नुभयो । ‘हरेक राजनीतिक परिवर्तनका क्रममा नक्कली आडम्बरी, जालझेल र तमासा गर्नेहरु पटक–पटक पहिलो भएकाले देश समस्यामा पर्यो,’ उहाँले भन्नुभयो, ‘अब जनतामा भ्रम फैलाएर राजनीति गर्ने दिन गए ।’
काँग्रेस–माओवादीको वैशाखी नै जालझेल हो
ओलीले अहिले काँग्रेस–माओवादी जनताकाबीचमा नराम्ररी पछारिएको भन्दै उनीहरुको टेक्ने आधार अथवा वैशाखी नै जालझेल भएको पनि दाबी गर्नुभयो । ‘वगवास कुरा गरेर अब पनि जितौला भन्ने आशा नगरे हुन्छ,’ उहाँले भन्नुभयो, ‘अहिले एमाले महिला विरोधी भयो भनेर उनीहरुले हल्ला गरेका छन् । महाअभियोगको अनुचित प्रस्ताव ल्याएर पहिलो पटक बनेकी महिला प्रधानन्यायाधीलाई हटाउनेहरुले एमाले महिला विरोधी भयो भनेर हल्ला गर्न मिल्छ रु’
उहाँले महाअभियोग प्रस्ताव फिर्ता नगरेसम्म संसद् चल्न नदिने पनि ठोकुवा गर्नुभयो । ‘अहिले एमाले राप्रपासँग तालमेल गर्यो भनेर हल्ला गरेका छन्,’ उहाँले भन्नुभयो, ‘उपप्रधानमन्त्री नछाड्नु है भन्दै दण्डवत गर्नेहरुले एमालेलाई त्यस्तो आरोप लगाउन मिल्छ रु’ उहाँले देशभक्त बामपन्थी शक्ति बाहेर काँग्रेस र माओवादीको तालमेल भएको भन्दै त्यसलाई अपवित्र गठबन्धनको संज्ञा दिनुभयो ।