एमालेको नारावाजीबीच महाअभियोग प्रस्ताव संसदमा पेस


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधकाबीच प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले संसदमा प्रवेश पाएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजी र अबरोध गरे पनि सभामुख ओनसरी घर्ती मगरले महाअभियोगमाथि छलफलका लागि समय तोक्नु भएको हो।
कार्कीविरुद्धको महाअभियोग प्रस्तावका लागि सभामुख घर्तीले दिउँसो १ बजेका लागि समय तोक्नुभएको छ। समय तोकेपछि सभामुख घर्तीले संसद बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नु भएको छ।
वैशाख २२ गते ।