आइफोनको मूल्य नेपालमा घट्यो

maitrinews

 

काठमाडौं । नेपाली बजारमा आइफोनको मूल्य घटेको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले सो जानकारी गराएको हो ।
जेनरेशन नेक्स्टका अनुसार आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य ८६ हजार, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य ९९ हजार ८ सय, आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य १ लाख १२ हजार तोकिएको छ । त्यसैगरि आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको नयाँ मूल्य १ लाख ५ हजार, आइफोन सेभेन प्लस १२८ जीबीको मूल्य १ लाख १९ हजार, आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य १ लाख ३२ हजार तोकिएको छ । यसैगरि, आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य ६८ हजार, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य ७८ हजार, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य ५२ हजार ५ सय तोकिएको छ ।