दुबईमा रोबोर्ट प्रहरी ड्युटीमा खटिए

maitrinews

 

दुवई । दुबई प्रहरीले इतिहासमै पहिलो पटक रोबोट प्रहरी ड्यूटीमा खटाएको छ । अहिले यो रोबोट प्रहरी व्यस्त शहरका शपिंग मल र पर्यटकीय स्थलमा तैनाथ गरिएको छ । यो रोबोटको प्रयोगबाट स्थानीय स्तरमा हुनसक्ने वा भएका घटनाको रिपोर्ट गर्न सकिने छ । रोबोटको छातीमा रहेको टचस्क्रिनमार्फत घटेका घटनाको जानकारी रेकर्ड गर्न र यसको साथै प्रहरीलाई दिन सकिने छ । यसको सहयोगले मानिसहरूले जरिमाना भर्न पनि प्रयोग गर्न सक्ने छन् । यतिमात्र नभइ यसको डिस्प्लेमा रहेको स्क्रिनमा सर्वसाधारणले विभिन्न सूचना प्राप्त गर्न सक्ने छन् ।रोबोटमा रहेका विभिन्न सेन्सरले तथ्याङ्कको सङ्कलन गर्छ जसलाई ट्राफिक व्यवस्थापनमा प्रयोग गर्न सकिन्छ ।दुबईको प्रहरी प्रशासनले सन् २०३० सम्ममा २५ यस्ता रोबोटलाई प्रयोगमा ल्याउने तयारी गरेको छ तर उसले स्पष्ट पारेको छ कि रोबोट मानव प्रहरीको सहयोगी मात्रै हुने र प्रहरीलाई नै विस्थापित गर्ने भने हुने छैन । दुबई प्रहरी स्मार्ट सर्विसेज विभागका महानिर्देशक ब्रिगेडियर खालिद अल रज़ूकीले भने ुहामी हाम्रा प्रहरी अफिसरहरूको बदलामा यी रोबोटको प्रयोग गर्ने नभइ शहरको जनसङ्ख्या बढेसँगै प्रहरीको तैनाथी बढी सुरक्षा संवेदनशील ठाउँमा गरिने छ र तुलात्नामक कम सुरक्षा आवश्यक पर्ने ठाउँमा रोबोटलाई प्रयोग गरिने छ ।