अर्थमन्त्रीव्दारा १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत(हेर्नोस् लाइभ भिडियो)

 

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७४÷०७५ का लागि सोमबार १२ खर्ब ७८ अर्ब रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
यसपटक स्थानीय तहमा सिधै बजेट पठाइने व्यवस्था गरिएको तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा खर्च गर्न सक्ने क्षमताको आधारमा बजेट विनियोजन गरिएको हो ।
अर्थमन्त्री कृष्णबहादुर महरालेले संसद्‍मा बजेट प्रस्तुत गर्नुभयो ।
आउँदो बजेट गत आर्थिक वर्षको तुलनामा दुई खर्ब रुपैयाँले बढी छ।

राष्ट्रिय योजना आयोगले सरकारलाई बजेटका लागि ११ खर्ब ५६ अर्ब रुपैयाँको सीमा तोकेको थियो।
यो सरकारले संघीय संरचना अनुसार स्थानीय सरकारको निर्माण केही भइसकेको र केही छिट्टै हुने भएकोले स्थानीय तहलाई उनीहरुले नै योजना बनाउने र उनीहरुले नै कार्यान्वयन गर्ने व्यवस्था भए अनुसार सिधै स्थानीय तहमा बजेट विनियोजन हुन्छ।
बजेटमा ७४४ वटा स्थानीय तहलाई सिधै बजेट दिन लागिएकोले बजेटको आकार गत आर्थिक वर्षको भन्दा ठूलो भएको हो ।
सरकारले संघीय संरचना अनुसार स्थानीय सरकारको निर्माण केही भइसकेको र केही छिट्टै हुने भएकोले स्थानीय तहलाई उनीहरुले नै योजना बनाउने र उनीहरुले नै कार्यान्वयन गर्ने व्यवस्था भए अनुसार सिधै स्थानीय तहमा बजेट विनियोजन हुन्छ।
बजेटमा भूकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनाहरुमा जोड दिइएको छ।