शेयर बजारले गति लिन सकेन

maitrinews

काठमाडौं । शेयर बजारले यो साता पनि गति लिन सकेन । यो साता बजार सामन्यरुपमा घटेको छ ।  नेपाल स्टक एक्स्चेञ्जका अनुसार यो साता नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७३४१ कारोबारबाट दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरका ५१ लाख २१ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५.८१ प्रतिशत बढि हो । गत साता १५५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३७३५ कारोबारबाट दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबरका ४५ लाख ६७ हजार ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.२७ अंकले घटेर अन्तिम दिन १६०४.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.९४ अंकले घटेर ३४०.३४ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (१७ करोड ९२ लाख ५० हजार रुपैयाँ) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ४७ हजार कित्ता) को आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (३२०९ वटा) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।