जापानीज टोलीद्वारा चन्द्रागिरि भ्रमण

काठमाडौं । जापानीज संसदका सदस्यद्वय हिन्को ताकासी र यूको नाकागोवा र नेपालकालागिजापानका राजदुतमसाशीओगावालगायतको समूहले आजचन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण ग¥यो । भ्रमणमा आएको समूहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षचन्द्रप्रसाद ढकाल र महा–प्रबन्धकअभिषेक विक्रमशाहले स्वागतगर्दै परियोजना स्थलगत भ्रमण गराएका थिए ।
भ्रमणमा आएको जापानीज टीमले परियोजनाको प्रशंसा गर्दै चन्द्रागिरिको चुचुरोबाट देखिनेहिमाल, पहाड र मन्दिर लगाएतका दृश्यले रमाइलो अनूभुती गराएको उल्लेख ग¥यो । चन्द्रागिरिमाबन्दै गरेको रिसोर्ट र अन्यपूर्वाधारहरुले चन्द्रागिरि विश्वकापर्यटकहरुको गन्तव्यबन्नेमा विश्वास व्यक्त गर्दै जापनीजजनताको तर्फबाट परियोजना सफलताको शुभकामना व्यक्त गरे ।
ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।