सुनको मूल्यमा वृद्धि: एकैदिन तोलामा १९ सयले बढ्यो, यस्तो छ आजको भाउ
काठमाडौँ, ११ जेठ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको महासङ्घले जनाएको छ।