अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पक्षमा मतदान

maitrinews

सिडनी । अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ। हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका थिए।
मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुनेछैन्।
चुनावी परिणामपछि अष्ट्रेलियाको सरकारले यसै वर्षको अन्त्यसम्म त्यससम्बन्धी कानून ल्याउने जनाएको छ।
उत्साहजनक
आठ हप्ताको चुनावका क्रममा झण्डै ८० प्रतिशत अर्थात् एक करोड २० लाख मतदाताले मतदान गरेका थिए।
मतपरिणाम घोषणा हुँदाको वातावरण एकदमै उत्साहजनक रहेको थियो।