दुई कोरियाबीच दुई वर्षपछि हटलाइन सम्पर्क सुरु

प्योङयाङ । उत्तर र दक्षिण कोरियाले झण्डै दुई वर्षपछि पहिलो पटक आपसमा प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरेका छन्।

सीमावर्ती गाउँ पान्मुन्जोममा रेडक्रसले स्थापना गरेको तर प्रयोग नगरिएको टेलिफोन हटलाइनमार्फत उत्तर कोरियाले सुरुमा २० मिनेट लामो टेलिफोन सम्पर्क गरेको थियो।

उत्तर कोरियाली नेता किम जङ अनले सो टेलिफोन हटलाइन सुरु गर्न आदेश दिएका थिए।

दक्षिण कोरियाले उत्तरको पहलको स्वागत गरेको छ। हिउँदे ओलम्पिक खेल अघि दुवै पक्षबीच थप वार्ता हुने भनिएको छ।

दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री चो म्युङ ग्युनले भने, बुधबार उत्तर कोरियाले स्थानीय समय अनुसार ३ बजेर ३० मिनेटमा फोन गरी दुई देशबीचको हटलाइन पुन  खोलिएको हो।

उत्तर कोरियाका एक अधिकारीले हटलाइन पुन खोलिएको घोषणा टेलिभिजनमार्फत गरेका थिए