अमेरिकामा बजेट पारित नहुँदा सरकारी काम ठप्प

maitrinews

अमेरिका । अमेरिकी माथिल्लो सदन सिनेट सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ।
यो विधेयक अनुमोदन भएको भए संघीय निकायहरुलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न सकिने थियो।
विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवा बन्द हुनेछन्।
यद्यपि संघीय निकायका कर्मचारीहरु काममा फर्कने दिन सोमवारसम्म त्यसको व्यवहारिक प्रभाव देखिनेछैन।

ह्वाइट हाउस र संसदको दुवै सदनमा रिपब्लिकनहरुको नियन्त्रण रहँदा समेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो।

पछिल्लोपटक सन् २०१३ मा पनि सरकारी निकाय खर्चविहीन भएर १६ दिनसम्म कामकाज ठप्प भएको थियो।

धेरै कर्मचारीले बाध्यात्मक छुट्टी लिएका थिए तर राष्ट्रिय सुरक्षा र हवाई क्षेत्रको सेवा भने अवरुद्ध भएको थिएन।