सिरियाबारे छलफल गर्न सुरक्षा परिषद्को आपतकालीन बैठक

अमेरिका । पश्चिमा शक्तिहरूले सिरियाविरुद्ध गरेका क्षेप्यास्त्र हमलाबारे छलफल गर्न रुसको आग्रहमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा आपतकालीन बैठक बसेको छ।
बैठकको आरम्भमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको द्वन्द्वको राजनीतिक समाधान खोज्नका लागि आह्वान गरेका थिए।
उनले सिरियामा त्यहाँका मानिसहरू रासायनिक अस्त्रको प्रयोग लगायतका विभिन्न भयावह घटनाहरूमाझ जीवन बिताउन बाध्य रहेका बताए।
रुसका राजदूतले सिरियामा भएका हमलाहरूले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घनलाई दर्शाएका बताए।