अन्तर्राष्ट्रिय विज्ञ टोलीद्वारा सिरियामा अवलोकन

maitrinews

सिरिया । सिरियाको राजधानी दमास्कसनजिक रहेको रासायनिक हमला भएको भनिएको स्थानको रासायनिक अस्त्रसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरूले अन्ततः अनुगमन गरेका छन्।

‍रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन( ओपीसीडब्ल्यूको एउटा टोली शनिबार डुमा नगर पुगेको हो।

सो टोलीले त्यहाँ नमुना तथा अन्य वस्तुहरूको संकलन गरेको छ।

सिरियाली सरकारी पक्षबाट विद्रोहीहरूको बलियो पकडक्षेत्र मानिएको डुमा नगरमा एप्रिल ७ मा रासायनिक हमला गरेको भनिएको जवाफस्वरूप गत शनिबार पश्चिमा शक्तिहरूले सिरियाविरुद्ध क्षेप्यास्त्र हमला गरेका थिए।
विद्रोहीहरु बाहिरिएपछि अहिले भने डुमा नगर सिरियाली सरकार र रुसको नियन्त्रणमा रहेको छ र दुवै पक्षले त्यस्तो रासायनिक हमला भएको अस्वीकार गर्दै आएका छन्।