इजरायली सेनाको गोली प्रहारबाट ५५ प्यालेस्टिनी मारिए,२७ सय घाइते

गाजा । इजरायली सेनाबाट गाजामा कम्तीमा ५५ जना प्यालेस्टिनीहरू मारिएको घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा भइरहेको छ। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारुको संज्ञा दिएका छन्।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीमाथि इजरायली सशस्त्र फौजबाट गरिएको हिंसाको भर्त्सना गरेका छन् र दुई राज्यको मान्यताबाट समस्याको हल हुनेप्रतिको समर्थन दोहोर्याएका छन्।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले इजरायलमाथि राज्यबाट गरिने ुआतङ्क र नरसंहारुको आरोप लगाएका छन्।
ब्रिटेनले आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको बताएको छ। तर उसलाई उच्च संयम अपनाउन आग्रह गरेको छ।
तर इजरायली प्रधानमन्त्री बेनयामिन नेतन्याहुले जेरूसलेममा अमेरिकी दूतावास खोलिएको विरोधमा गरिएको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले रक्षात्मक कदम चालेको बताएका छन्।
प्यालेस्टिनी अधिकारीहरूले सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हिंसामा इजरायली सेनाबाट कम्तीमा ५५ जना मारिएको र २,७०० जना घाइते भएको बताएका छन्।
इजरायली प्रधानमन्त्री नेतन्याहुले आफ्नो देशले नष्ट पार्न चाहेको गाजाको इस्लामवादी हमास शासकहरूविरूद्ध इजरायली सेना आत्मरक्षाको कदम चालेको बताएका छन्।
प्यालेस्टिनी नेताले घटनालाई ुनरसंहारु भन्दै त्यसको भर्त्सना गरेका छन्।