ग्वाटेमालामा शक्तिशाली ज्वालामुखी विस्फोटमा ६५ जनाको मृत्यु

maitrinews

ग्वाटेमाला । ग्वाटेमालामा एक शताव्दियताकै शक्तिशाली ज्वालामुखी विस्फोटनमा कम्तीमा ६५ जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ।
उक्त मध्य अमेरिकी देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्।
तीव्र वेगमा बगेका तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी मानिसहरूलाई ग्वाटेमाला सिटी भन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रबाट उद्धार गरिएको छ।
राष्ट्रपति जिम्मी मोरालेसले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।