२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

maitrinews

अमेरिका । अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ।
अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ।
यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो।
चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।