९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्दै राजकुमार फिलिप
बेलायत । कोही ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्न सक्छ ? अनि त्यस उमेरका मानिसलाई गाडी दुर्घटनामा परे कस्तो अनुभूति होला ?
ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षका भए। उनले गाडी हाँक्न छोडेका छैनन्।
तर बिहीबार उनले चलाइरहेको ल्यान्ड रोभर जीप क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारले जनाएको छ।
दुर्घटनामा उनलाई कुनै चोटपटक लागेन। तर घटनापछि उनी निकै हताश भने देखिए।
के भएको थियो ?
स्थानीय समय दिउँसो ३ बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्वे बाट निकाल्दै ए१४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो। उनको जीप अर्को किया कारसँग ठोकिएको थियो।
सो कारमा रहेका दुई महिलालाई अस्पतालमा उपचारपछि घर पठाइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएको थियो।
उनीहरूले राजकुमार फिलिपलाई बाहिर निकाल्न सघाएका थिए।