नेपाल प्रज्ञा प्रतिष्ठान र हिब्रु राइटर्स एसोसिएसनबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर

maitrinews

तेलअभिभ । नेपाल प्रज्ञा प्रतिष्ठान र हिब्रु राइटर्स एसोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गंगाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पु¥याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताउनुभयो ।

कुलपति उप्रेतीको नेतृत्वमा तीन सदस्यीय नेपाली साहित्यिक टोली इजरायलको बिशेष साहित्यिक भ्रमणमा रहेको छ ।

कुलपति उप्रेती, त्रिवि अंग्रेजी केन्द्रीय बिभागका प्रमुख डा. अम्मराज जोशी र नेपाल प्रज्ञा प्रतिष्ठानका बाल साहित्य तथा लोकवार्ता विभाग प्रमुख डा.देवी नेपालसहितको टोली एक सातासम्म इजरायलमा रहनु हुनेछ ।

उक्त सम्झौतापछि भ्रमण टोलीका सदस्य डा. नेपालले सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानसँग सम्बन्धित यो द्विपक्षीय सम्झौता फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै साहित्यिक व्यक्तित्वहरुको आगमनको अवसर पारेर इजरायलमा बृहत काव्यसभा हुने भएको छ । नेपाली साहित्यको संरक्षण, सम्वद्र्धन गरौ भन्ने उद्देश्यका साथ स्थापना भएको साहित्य सुधा नेपालको आयोजनामा यहि जनवरी २४ मा इजरायलमा बृहत काव्यसभा हुन लागेको हो ।