संसद्को अवरोध हट्यो

 

काठमाडौँ । प्रतिनिधि सभाको बैठक तीन दिन अवरुद्ध गरेको कांग्रेसले मंगलबारबाट सञ्‍चालन हुन दिएको छ । उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको विरोधमा संसद् अवरुद्ध गरेको कांग्रेसले अवरोध खुलाएको हो ।

कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदीय दलको निर्णयअनुसार संसदको अवरोध हटाउने निर्णय लिइएको बताउनुभयो।
भुसालले संवैधानिक अंग सरकारको लाचार छायाँम् बन्न नहुनेमा जोड दिँदै पूर्वाग्रह र प्रतिशोध साँध्‍न संवैधानिक अंग परिचालन भएकोबारे संसद्ले‍ नियाल्नुपर्ने उल्लेख गर्नुभयो ।
सभामुख अग्‍निप्रसाद सापकोटाले शुक्रबारको बैठकमा अदालतमा मुद्दा गइसकेको अवस्थामा सदनबाट केही गर्न सकिँदैन भनेको स्मरण गर्दै भुसालले सदनको अवरोध खोल्ने निर्णय गरिएको जानकारी दिनुभयो ।गच्छदारविरुद्ध मुद्दा चलाउने तर तत्कालीन प्रधानमन्त्रीविरुद्ध नचलाएको भन्दै भुसालले असन्तुष्टि जनाउनुभयो।