राज सिग्देलको मार्मिक गीत झरेको जीवन…बजारमा

maitrinews

काठमाडौँ । डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहार्ल परीश्रमी े को रचनामा रहेको गीत झरेको जीवनको लिरिकल म्युजिक भिडियो सार्बजनिक भएकोछ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक राज सिग्देलको मार्मिक श्वर रहेकोछ । लामो समय देखि संगीत सिकाएर बसेका संगीतकार लाल बहादुर सुब्बाले यस गीतमा संगीत दिनु भएकोछ । संगीत उतिकै मनछुने रहेको छ ।
हत्केला हेर्छु देखिन्छन् रेखा सलसली बगेका
नियाल्छु शीर, निधार उस्तै, बिशाल परेका
अब्जसको भारी दिनदिनै बढ्छ चोटमा पर्याछु
भाग्यनै हो कि, न लेख्या यस्तो दुःखमा पर्याछु
यो गीत बास्तबमै जति धेरै सुन्यो त्यति कर्णप्रिय बनेको देखिन्छ । गीतकार परीश्रमीका अनुसार यो गीतमा नेपाली समाजमा रहेको हातका रेखा र तालुलाई लिएर काटिने अड्कलबाजीहरु र तिनै अड्कलबाजी र हातलाग्ने बास्तबिकतालाई गीतले बोलेको छ ।
अर्काले देख्दा के देख्छ देख्छ भित्री मन जान्दैन
फूलेको छ कि झरी नै सक्यो बोटलाई चिन्दैन
ईमानको रोटी त्यो पनि जुठो धोकामा पर्याछु
भाग्यनै हो कि न लेख्या यस्तो दुखमा पर्याछु
निकै नै चोटिला यथार्थ धरातलमा रहेका शब्दहरु गीतमा पाईन्छ । सबैले यस गीतलाई सुनेर सल्लाह सुझाव उपलब्ध गराई दिन गीतकारले सबैलार्य अनुरोध पनि गरेका छन् ।

https://youtu.be/4bdBrtJuTTA