कोरोनाबाट बागमती प्रदेशमा सबैभन्दा बढी प्रभावित

 

काठमाडौँ । कोरोना संक्रमणको सबैभन्दा धेरै प्रभावित बागमती प्रदेश भएको छ भने सबैभन्दा कम प्रभाव कर्णाली प्रदेशमा परेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार बागमती प्रदेश पछिल्लो समय कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको छ ।
नेपालभरिमा बुधबार साँझसम्म दुई लाख १२ हजार ७१७ जना कोरोना संक्रमित भएका छन् । एक लाख ८२ हजार १८० जनाले कोरोनालाई जितेका छन् । नेपालमा कोराना संक्रमणको कारण एक हजार २५९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । कोरोनाको कारण २८ हजार ८७८ जना उपचार गराइरहनुभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा।अधिकारीका अनुसार पाँच सयभन्दा धेरै सकृय संक्रमितहरु रहेका जिल्ला १४ वटा छन् । तीमध्ये अधिकाशं सकृय संक्रमित भएको जिल्लाहरु बागमती प्रदेशमा छन् ।
मन्त्रालयका अनुसार प्रदेश ( १ मा रहेको १४ जिल्लाहरुमध्ये झापा, मोरङ र सुनसरीमा सकृय संक्रमितको संख्या पाँच सयभन्दा धेरै छ । प्रदेश नं १ मा तीन हजार १९० जना संक्रमित उपचारमा हुनुहुन्छ । प्रदेश नं १ मा कोरोनाको कारणले १६४ जनाले ज्यान गुमाउनुभएको छ । यो प्रदेशमा २४ हजार ३९८ जनालाई कोरोना संक्रमण भएकोमा २१ हजार १२४ जनाले कोरोनालाई परास्त गर्नुभएको प्रवक्ता अधिकारीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
यो प्रदेशको इलाममा ४१ जना, उदयपुर १०७ जना, ओखलढुंगा ४० जना, खोटाङ ३४ जना, झापा, ७४३ जना, ताप्लेजुङ २६ जना, तेह्रथुम ३४ जना, धनकुटा ४५ जना, पाँचथर ४२ जना, भोजपुर २८ जना, मोरङ एक हजार १२० जना, संखुवासभा ३५ जना, सुनसरी ७९५ जना, सोलुखुम्बुमा २० जना सकृय संक्रमित छन् । उनीलाई होम आइसोलेशन तथा अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश ( २ मा रहेका आठ जिल्लामा सक्रिय संक्रमितहरुको संख्या पाँच सयभन्दा धेरै रहेको कुनै पनि जिल्ला छैनन् । कुनै समय कोरोना संक्रमणको अत्यधिक जोखिममा परेको सो प्रदेशमा क्रमशः संक्रमितहरुको संख्या घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश नं २ मा संकृय संक्रमितको सख्या ६७८ छ । यो प्रदेशमा कुल संक्रमितको संख्या १९ हजार ४३२ छ । यो प्रदेशका १८ हजार ५८३ जनाले कोरोनालाई परास्त गरेका छन् । यो प्रदेशमा कोरोना संक्रमणको कारणले १७१ जनाले ज्यान गुमाएका छन् ।
१३ वटा जिल्ला रहेको बागमती प्रदेश यतिबेला कोरोना संक्रमणको हटस्पटको रुपमा विकास हुँदै गएको छ । यो प्रदेशमा कोरोना संक्रमणको दर निक्कै उच्च छ । यो प्रदेशमा कोरोना संक्रमणमा एक लाख १५ हजार ७८५ जना परेका थिए । तीमध्ये ९७ हजार १०४ जनाले कोरोनालाई जितेका छन् । यो प्रदेशमा सकृय संक्रमितको संख्या १८ हजार ५४ छन् भने ६२७ जनाको ज्यान कोरोनाको कारणले गएको छ ।
बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमितको संख्या काठमाडौं उपत्यकामा छ । काठमाडौमा मात्रै १२ हजार ७७२ जना सकृय संक्रमित छन् । काभ्रेपलाञ्चोकमा ५९८ जना, भक्तपुरमा एक हजार ६२ जना,चितवनमा ६०७ जना, दोलखामा १६७ जना, धादिङमा १२७ जना, नुवाकोटमा २४७ जना, मकवानपुर ३४८ जना,रसुवामा २१ जना, रामेछापमा ३५ जना, ललितपुरमा दुई हजार ५६ जना, सिन्धुपाल्चोकमा १४१ जना र सिन्धुलीमा ६५ जना सकृय संक्रमित छन् । यो प्रदेशमा काठमाडौं भक्तपुर, लतिलपुर, काभ्रेपलाञ्चोक र चितवनमा सकृय संक्रमितको संख्या पाँच सयभन्दा धेरै नाघेको छ । यो प्रदेशका कोरोनाको कारणले ६२७ जनाको ज्यान गएको छ । यो प्रदेशमा सकृय संक्रमितको सख्या १८ हजार ५४ छ ।
११ जिल्ला रहेको गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर निक्कै धेरै छ । यो प्रदेशमा संक्रमितको संख्या १२ हजार ५२२ र छ । यो प्रदेशमा नौ हजार ८१९ जनाले कोरोनालाई परास्त गरेका छन् । यो प्रदेशमा कोरोनाको कारणले ७५ जनाको ज्यान गएको छ भने दुई हजार ६२८ जना सकृय संक्रमित छन् ।
यो प्रदेशको सबैभन्दा धेरै कास्की जिल्लामा संक्रिय संक्रमितको संख्या १२४८ छ । अरु जिल्लामा सकृय संक्रमितको संख्या पाँच सयभन्दा कम छ । गोरखा २१९ जना, तनहँु २५३ जना, नवलपरासीपूर्व ४१२ जना, पर्वत ९६ जना, मनाङमा शून्य,मुस्ताङ १८ जना, म्याग्दी ३६ जना, लमजुङ ८८ जना, बाग्लुङ ११२ जना र स्याङ्जामा सकृय संक्रमितको संख्या १४६ छ ।
१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा तीन जिल्लामा सकृय संक्रमितको संख्या पाँच सय नाँघेका तीनवटा जिल्ला छन् । यो प्रदेशको दाङ, पाल्पा र रुपन्देहीमा सकृय संक्रमितको संख्या पाँच सयभन्दा धेरै छ । यो प्रदेशमा कुल संक्रमितको संख्या २३ हजार ९९४ रहेकोमा २० हजार ३०३ जनाले कोरोनालाई परास्त गरेका छन् । यो प्रदेशमा सकृय संक्रमितको संख्या तीन हजार १८६ रहेको छ भने कोरोनाको कारणले १७५ जनाले ज्यान गुमाएका छन् ।
यो प्रदेशको अर्घाखाँची ७८ जना,कपिलवस्तु १५० जना, गुल्मी १३३ जना, दाङ ६१५, नवलपरासी १६९ जना, पाल्पा ५५० जना, प्युठान ४५ जना, बर्दिया १६४ जना, बाँके ३०५ जना, रुकुम पूर्व पाँच जना, रुपन्देही ९२० जना, रोल्पामा ६२ जना सकृय संक्रमित छन् ।
१० जिल्ला रहेको कर्णाली प्रदेशमा कुनै पनि जिल्लामा सकृय संक्रमितको संख्या पाँच सयभन्दा धेरै छैन । यो प्रदेशमा सकृय संक्रमितको संख्या २०० छ । यो प्रदेशमा पाँच हजार ९५० कुल संक्रमितमध्ये पाँच हजार ७३५ जनाले कोरोना जितेका छन् । यो प्रदेशमा कोरोनाको कारणले १५ जनाको ज्यान गएको छ ।
यो प्रदेशको कालिकोटमा एक जना, जाजरकोट तीन जना, जुम्ला ३७ जना, डोल्पा चार जना, दैलेख ४५ जना, मुगु तीन जना, रुकुम पश्चिम १४ जना,सल्यान २८ जना, सुर्खेत ६० जना र हुम्लामा पाँच जना सकृय संक्रमित छन् । अहिलेसम्मको अवस्थामा हेर्दा कोरोनाबाट सबैभन्दा सुरक्षित प्रदेश कर्णाली देखिएको छ ।
नौ जिल्ला रहेको सुदुरपश्चिम प्रदेशमा सकृय संक्रमितको संख्या एक हजार २२ छ । यो प्रदेशमा कुल संक्रमितहरु ११ हजार १६६ जनामध्ये १० हजार ११२ जनाले कोराना संक्रमण जितेका छन् । यो प्रदेशमा १२ जनाको संक्रमणको कारणले मृत्यु भएको छ ।
अछाममा २३ जना, कंचनपुरमा १५६ जना, कैलाली ६२६ जना, डडेलधुरा ६१ जना, डोटी १७ जना, दार्चुला २० जना, बझाङ ६१ जना, बाजुरा १४ जना र बैतडीमा ४४ जना सकृय संक्रमित छन् ।
१३ जिल्लामा संक्रमणबाट मृत्यु हुने संख्या शून्य
काठमाडौं जिल्लामा मात्रै कोरोना संक्रमणको कारणले ३०७ जनाको ज्यान गएको छ । तर नेपालका १३ वटा जिल्लामा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएको छैन । नेपालका बैतडी, डडेलधुरा, सल्यान, मुगु, जुम्ला, जाजरकोट, रुकुमपूर्व, मनाङ, पर्वत, संखुवासभा, पाँचथर, ताप्लेजुङ र खोटाङमा कोरोनाको कारणले संक्रमितको मृत्यु भएको छैन ।
त्यस्तै २७ जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पाँचभन्दा कम छ । कोरोनाको कारण काठमाडांै उपत्यका, भाmपा मोरङ, सुनसरी,धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी सिराह, सर्लाही, काभ्रे,चितवन, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर,मकवानपुर,सिन्धुपाल्चोक, कास्की,कपिलवस्तु, दाङ, नवलपरासी, बाँके,रुपन्देही र कैलालीमा मृत्यु हुनेको दर उच्च छ ।

मनाङमा शून्य संक्रमित
कोरोनाको कहरमा नेपालका सबै जिल्ला प्रभावित भए पनि मनाङ जिल्लामा सकृय संक्रमित छैनन्। मनाङमा पाँच जना संक्रमण देखिएकोमा सबैजना निको भैसकेका छन् ।