उपत्यकामा जेठभरि निषेधाज्ञा
काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप्ने तथा केही खुकुलो पार्ने निर्णय हुँदै छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निर्णयका लागि आज तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बस्दैछ।
मंगलबारकै बेठकमा मोटामोटी खाका बनिसकेको प्रमुख जिल्ला अधिकारी पराजुलीले आज आधिकारिक निर्णय गर्ने बताउनुभयो ।
उहाँका अनुसार जेठभरि निषेधाज्ञा जारी राख्ने र खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजे सम्म खोल्न दिने विषयमा छलफल भइरहेको छ।