काठमाडौं जिल्लाका ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलो मात्र दिइने

 

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाभरका ५२ स्थानमा केन्द्र तोकेर खोप लगाउने भएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयले भोलिदेखि सुरु हुने ६० देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिहरूका लागि काठमाडौंभरका ५२ स्थानबाट खोप लगाइने जनाएको छ । जिल्लाका स्थानीय तहहरूले बढीमा पाँत दिनभित्र चीनले अनुदानम दिएको भेरोसेल खोपको पहिलो मात्रा लगाइसक्न कार्यालयले निर्देशन दिएको छ ।

खोप लगाउनका लागि काठमाडौं महानगरपालिमा ३२ तथा कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, दक्षिणकाली, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका दुई–दुई खोप केन्द्र तोकिएको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *