न्यातापोल कर्नर टीमको बार्षिक उत्सवमा रक्तदान
भक्तपुर । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको उपलब्धतामा सहजता मिल्न आवश्यक छ।
यस आवश्यकतालाई मध्यनजर गरेर नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न तथा गराउनको लागि देशभर आव्हान गरिदैआएको जानकारी समाजका केन्द्रिय अध्यक्ष रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले वताएका छन्।
यसक्रममा भक्तपुरको टौमढी टोलमा न्यातापोल कर्नर टीमले आफ्नो ३८ औं बार्षिक उत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रमको शनिवार आयोजना गरेको समाजले जनाएको छ। जसमा समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता रहेको थियो।
उक्त बिशेष रक्तदान कार्यक्रमको आयोजक न्यातापोलक कर्नर टीमका अध्यक्ष अध्यक्ष मुक्तिसुन्दर जधारीको सभापतित्वमा भएको थियो। रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ४२ जनाले रक्तदान गरेका थिए।