काँगेसको पालिका अधिवेशन सुरु

maitrinews

 

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि पालिका अधिवेशन प्रारम्भ भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँरनगर अधिवेशन सुरु भएको छ ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको शुक्रबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पालिका अधिवेशनलाई निर्धारित समयमै गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले २१ वटा हिमाली जिल्लामा दशैअघि अधिवेशन गर्ने र क्रियाशील नटुङ्गिएका जिल्लाको हकमा सहमति गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता शर्माले अन्य विवादित विषयका सम्बन्धमा पनि केन्द्रीय कमिटीको बैठक बसेर आवश्यकता अनुसार निर्णय हुने बताउनुभयो ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो ।

पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँरनगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो ।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।

काँग्रेसले उत्साहका साथ महाधिवेशनमा सहभागी हुनआफ्ना नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेको छ ।