अध्यक्ष विमलाको सम्मानमा बधाई तथा स्वागत कार्यक्रम

maitrinews

 

न्युयोर्क । हालै सम्पन्न स्याङ्जा समाज अमेरिकाको अध्यक्षमा निर्वाचित, चर्चित सफल व्यवसायी तथा समाजेवी विमला हमाल श्रेष्ठलाई न्युयोर्कमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले एक कार्यक्रम आयोजना गरी बधाई तथा स्वागत गरेका छन् ।
ज्याक्सन हाइटस्थित नेपाली भान्सा घरमा भएको उक्त कार्यक्रममा स्याङ्जा समाज अमेरिकाका संस्थापक श्यामकाजी गुरुङले अध्यक्ष विमलालाई खादा लगाई बधाई दिनुभयो । उहाँले विमलाजस्तो समाजसेवीबाट नेपालको कला, धर्म, संस्कृतिलाई अमेरिकामा चिनाई समाजलाई एक कदम अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्याङ्जा समाज अमेरिकाका निर्वतमान अध्यक्ष तथा एनआरएनका सल्लाहकार वीरेन्दजंग केसीले विमलाजस्तो नेत्री पाउनु स्याङ्जा समाज अमेरिकाका लागि गौरबको विषय हो भन्दै उहाँको कार्यकाल सफलतको कामना गर्नुभयो ।
एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डले स्वागत भाषण गर्दै कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको परिचय गराउनुभएको थियो ।
अध्यक्ष विमलालाई बधाई दिनेहरुमा गिरिजाप्रसाद कोइराला अमेरिका फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, धादिङ समाज अमेरिकाका सभापति रामेश्वर बुर्लाकोटी, नेपाली काँग्रेसका युवा नेता राजु रौनियार, सूर्य सिमखडा, प्रदीप खड्का, भीम तामाङ, मकेन्द्र सिंह, शिवभक्त केसीलगायत हुनुहुन्थ्यो । उहाँहरुले अध्यक्ष विमलालाई खादा ओढाइ बधाई दिनुुभएको थियो ।
कार्यक्रममा अध्यक्ष विमलाले सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकाल सफलताको लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले आफूलाई सबैको सहयोग मिल्ने अपेक्षा राखेकोसमेत बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा वरिष्ठ पत्रकार दिवाकर बाघचन्दले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।