रुसव्दारा भूउपग्रह नष्ट पार्ने क्षेप्यास्त्र परीक्षण , अमेरिका आक्रोशित

 

रुस । अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले ूखतरनाक र गैरजिम्मेवारपूर्णू क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको छ।

उक्त परीक्षणका क्रममा एउटा रुसी भू(उपग्रह ध्वस्त भएको छ।

त्यसले अन्तरिक्ष केन्द्रमा अवशेषहरू उत्पन्न गर्दा त्यहाँ रहेका चालक दलका सदस्यहरूले पृथ्वीमा अवतरण हुने यानमा शरण लिनु परेको बताइएको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल सात जना चालक दलका सदस्यहरू रहेका छन्।

त्यसमध्ये चार जना अमेरिकी, एक जना जर्मन र दुईजना रुसी रहेका छन्।

अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४२० किलोमिटरको उचाइमा परिक्रमा गर्ने गर्छ।